सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

समाचार
खवर पाटी (खोज खबरको अभियान)

विराटनगर : विराटनगरको सिंघिया‚ केशलिया खोलाका घाटसहित नहर, तलाउ र अन्य खोलाका किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ। आज छठ पूजाको तेस्रो दिन सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर छठ पर्व मनाइएको हो। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र सम्पूर्ण दुःखकष्ट हटेर जाने जनविश्वास छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *