अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाले ​विश्वकप क्रिकेटको उपाधि जितेको छ । हैदराबादमा भएको फाइनल खेलमा घरेलु टोली भारतलाई स्तब्ध बनाउँदै अष्ट्रेलियाले ​विश्वकप क्रिकेटको उपाधि जितेको हाे ।

भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य प्राप्त गर्याे । उसका लागि हेडले तेस्रो विकेटका लागि मार्नश लाबुेशेनसँग १९२ रनको साझेदारी गरे । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए । यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *