श्रीराम श्रेष्ठको कृति ‘मायागार्ग’ सार्वजनिक

कला/साहित्य समाचार
खवर पाटी (खोज खबरको अभियान)

नुवाकोट । साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित सोमान्का संग्रह ‘ मायामार्ग’ नामक कृति सार्वजनिक भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानद्वारा नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रममा साहित्यकार, प्रतिष्ठानका पदाधिकारी एवं उपस्थित विभिन्न क्षेत्रका प्रतिनिधिहरुले संयुक्त रुपमा लोकार्पण गर्नुभयो । ‘मायामार्ग’ जापानी शैलीको कविताहरु सोमान्का संग्रहित गरिएको कति हो । उक्त विमोचन कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठानका कार्यवाहक सभापति जानुका दाहाल, कवि रामकृष्ण अमर, राजनीतिज्ञ ध्रुव ढकाल, प्राध्यापक ओमकारेश्वर आचार्य लगायतले शुभकामना तथा मन्तव्य व्यक्त गर्नुभएको थियो । नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म जीवनी संग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकुल, तान्का, सिजो, कटौता, सेदोका, डोडोइट्सु, मन्डो जस्ता विधाका अधिक पुस्तकहरु प्रकाशित छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *