आज भाइटिका, टीकाको उत्तम साइत बिहान ११:३७ बजे

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – आज भाइतिहार मनाउँदै यस बर्षको तिहार समापन हुँदैछ । कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको समितिको भनाइ छ ।

दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर भाइतिहार मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *