काठमाडौं । राष्ट्र बैंकले भदौ आजदेखि सर्वसाधारणलाई नयाँ नोट दिन थालेको छ। नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको थियो । सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरेको हो ।
सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एकरएक बण्डल नयाँ नोट पाउने भएका हुन्। दशैंको लागि मात्रै राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ। सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साट्न सक्नेछन् ।
Facebook Comments Box