महाअभियोग प्रकरण : राजतीतिज्ञ बाहेक अरुलाई समितिले बयान लिने

मुख्य समाचार राजनीति
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । निलम्बित प्रधानन्यायाधिश चोलेद्रशमशेर जबराले बयानका क्रममा मुछेका नाममध्ये राजनीतिञहरुबाहेक अरुलाई महाअभियोग सिफारिस समितिले बोलाउने भएको छ । बुधबार बिहान बसेको सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो ।

समितिका सभापति रामबहादुर विष्टले बयानका क्रममा चोलेन्द्रशमशेर जबराले नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू जो जो छन्, उनीहरूलाई बोलाउने र आजै पत्राचार गर्ने निर्णय गरेको जानकारी दिए । जबराले बयानका क्रममा ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईलगायतको नाम लिएका थिए ।

यस्तै, पूर्वप्रधानन्यायाधीश दीपककुमार कार्की, अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, पूर्णमान शाक्य, ओमप्रकाश अर्याललगायतको नाम जबराले बयानका क्रममा लिएका थिए । अब ती सबै नाम मुछिएकासँग समितिले बिहीबारदेखि सोधपुछ गर्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *