इन्दिराको ‘लक्खुम’ आफ्नै घरमा सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । पछिल्लो समय ठूला–ठूला तारे होटल र क्याफेहरुमा तामझामसहित पुस्तक विमोचन गर्ने चलन बढ्दै गएको छ । लेखक तथा कविहरुबीच नामकै लागि महँगो होटलहरुमा विमोचन गर्ने प्रतिस्पर्धा चलिरहेका बेला गजलकार इन्दिरा नेम्बाङ निङसाङले भने आफ्नो गजल संग्रहको विमोचन घरमै गरेकी छन् ।
गजलकार इन्दिराको लिम्बू भाषाको गजल संग्रह ‘लक्खुम’ अर्थात आँगन सार्वजनिक गरिएको छ । पाँचथर याङवरककी गजलकार इन्दिराको गजल संग्रहलाई याङवरक गाउँपालिका अध्यक्ष भिमप्रसाद योङयाले लेखककै घरमा सार्वजनिक गरेका हुन् ।
गजल संग्रह सार्वजनिक गरिएको घरलाई निर्देशक तथा चर्चित हास्यकलाकार मौसम इम्बुङ ‘फुलेन्देको बाउ’ र गजलकार इन्दिराले ‘याक्थुङ नमुना घर’का रुपमा नामांकन गरेका छन् । यो घर पाँचथरको याङवरक–५ याङसिङबुङमा छ ।
नामओती समुह याङसिङबुङद्वारा आयोजित गजलसंग्रह सार्वजनिक कार्यंक्रममा पाँचथर जिल्लास्तरका पत्रकार तथा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो । लेखक इन्दिराका अनुसार याङवरक गाउँपालिकामा गरिएको यो पहिलो साहित्यिक कार्यक्रम पनि हो ।
कार्यक्रममाएलबी नेम्बाङ, मधु केरुङ, पुष्पहाङ लोवा, महेन्द्र सेलिङ, बाबा मेन्याङबो, सबिन माबोलगायतले गजलसंग्रह ‘लक्खुम’माथिचर्चा गरेका थिए ।
द मार्जिनले प्रकाशन गरेको गजल संग्रह ‘लक्खुम’लाई निशआङदेम्बेले सम्पादन गरेका छन् । कार्यक्रमको सञ्चालन कलाकार मौसम इम्बुङ फुलेन्देको बाउ’ले गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *