कांग्रेसले समानुपातिक तर्फको बन्दसूचीमा गर्‍यो हेरफेर

राजनीति
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – नेपाली कांग्रेसले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूचीको त्रुटी सच्याएको छ। त्रुटी सच्याउन निर्वाचन आयोगले तोकेको अन्तिम दिन आइतबार आयोगमा पुगेर सूची हेरफेर गरेको हो ।

यद्यपी अन्तिम समयसम्म पनि सहमति नजुटेपछि कांग्रेसले निर्वाचन आयोगको कार्यलयमा पुगेर आइबार साँझसम्म छलफल गरेको थियो। जमल कान्तिपथस्थित आयोगको कार्यलयमा गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँड, पार्टी उपसभापति पूर्ण बहादुर खड्का लगायत नेताहरुले छलफल गरेका थिए।

आइतबार दिनभर पार्टी केन्द्रीय कार्यलय सानेपा र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दा पनि सहमति नजुटेपछि आयोगको कार्यालयमा पुगेर छलफल गरेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *