कांग्रेसलाई गुनासो गरेर बस्ने छुट छैन : महामन्त्री थापा

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई गुनासो गरेर बस्ने छुट नभएको बताएका छन् । कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहसमेत गरी ३३२ वटा सरकारमा संलग्न रहेको बताउँदै उनले अब कांग्रेसले काम गरेर देखाउनु पर्ने र गुनासो गर्ने छुट नरहेको बताएका हुन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले २९औं विश्व आदिवासी दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस अहिले पार्टीको नीति र सिद्धान्तबमोजिम कानुन र योजना बनाउने र कार्यान्वयन गर्ने दिशामा अघि बढ्नुपर्ने बताए ।

 

कांग्रेस समावेशी लोकतन्त्रको पक्षधर पार्टी रहेको बताउँदै उनले दलित, महिला, आदिवासी जनजाति, मधेशी, थारू र मुस्लिमसहितका समुदायलाई अधिकार दिने विषयमा प्रस्ट रहेको बताए । उनले नेपालमा रहेका हरेक नागरिक समान रहेको र हरेकले आफ्नो भाषा संस्कृति र संस्कारको संरक्षण पाउनुपर्ने प्रस्ट पारे ।

संविधानमा उल्लेख भएका अधिकार कानुनले थप सुनिश्चित गर्नुपर्ने अवस्था महामन्त्री थापाको भनाइ छ । ‘संविधानले विभिन्न अधिकार दिएको छ, तर नागरिकले त्यसको अनुभूति गर्न पाएको अवस्था छैन । हामीले कतिपय कुराहरू संविधानमा संशोधन गर्नुपर्ने होला, कतिपय संविधानबमोजिम कानुनहरू बनाउनुपर्ने होला वा कतिपय पुराना कानुनलाई संविधानअनुकूल बनाउनुपर्ने होला । त्यसका लागि हाम्रो भूमिका छ, त्यो हुनुपर्छ,’ उनले भने । संविधानमा रहेका कतिपय कमजोरीहरूलाई सच्याएर अघि बढ्न कांग्रेस सकारात्मक रहेको उनको भनाइ थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *