लगानी सम्मेलनमा १९ सयभन्दा बढीलाई निमन्त्रणा, ५३ देशका लगानीकर्ता आउँदै

अर्थ मुख्य समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सरकार लगानी सम्मेलन आयोजनाको लगभग अन्तिम चरणमा पुगेको छ । यही वैशाख १६ र १७ गते काठमाडौंमा सरकारले तेस्रो लगानी सम्मेलनको आयोजना गर्दै छ ।

सम्मेलनका लागि लगानी बोर्डले हालसम्म विभिन्न देशका एक हजार ९०० भन्दा बढी लगानीकर्ता, कम्पनी एवं प्रतिनिधिहरूलाई निमन्त्रणा पठाएको छ । बोर्डका अनुसार मंगलबार बिहान ८ बजेसम्म हजारभन्दा बढीले निम्तो स्वीकारेर जवाफ पठाएका छन् । ५३ देशका एक हजार १९ जनाले निम्तो स्वीकारेका हुन् ।

लगानी सम्मेलनमा उपस्थित हुन सबैभन्दा धेरै विदेशी चीनबाट २६५ जनाले निम्तो स्वीकारेका छन् । दोस्रोमा भारतबाट १४३ जनाले निमन्त्रणा स्वीकार गर्दै बोर्डलाई जवाफ फर्काएका छन् ।

तेस्रोमा अमेरिकाबाट ३३ जनाले निमन्त्रणा स्वीकारेका छन् । जापानबाट २८, बेलायतबाट १४, बंगलादेशबाट १३, युनाइटेड अरब एमिरेट्स (यूएई)बाट पनि १३, जमर्नीबाट १०, दक्षिण कोरिया, अष्ट्रेलिया र मलेसियाबाट नौ/नौजनाले सम्मेलनमा उपस्थित हुने जानकारी दिएका छन् ।

यस्तै, पाकिस्तानबाट आठ, सिंगापुरबाट ६ र कतारबाट पाँचजनाले लगानी सम्मेलनमा सहभागी हुने जवाफ फर्काएका छन् । फ्रान्सबाट चार, रुसबाट तीन र क्यानडाबाट एकजनाले निम्तो स्वीकारेका छन् । लगानी सम्मेलनअघि निम्तो स्वीकार्नेको संख्या अझै बढ्ने बोर्डले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *