सके राष्ट्रका लागि, नसके स्वास्थ्यका लागि कराते खेल

विचार
खवर पाटी (खोज खबरको अभियान)
गजेन्द्रबहादुर खपांगी ‘ईश्वर’
नेपालमा कराते खेल शुरु भएको करिव ५ दशक हुन लाग्यो । झण्डै ५ दशकको लामो ईतिहाशमा यो खेल आम मानिसमा दिनानुदिन लोकप्रिय बन्दै जानु यो आफैमा अव्वल र श्रेष्ठता हुदै गएको भन्दा सम्भवत फरक नपर्ला । कराते खेल मार्सलआर्ट विधाभित्र पर्ने खेल मध्ये चर्चित र लोकप्रिय खेल हो । बि.स.२०३५ /३६ सालतिर नेपाल मा शुरु भएको यो खेल शुभारम्भ समयमा आत्मरक्षाका लागि  खेलिन र खेलाउन थालियो । शुभारम्भकालमा आत्मरक्षाबाट सुरु भएको यो कलाले बिस्तारै खेलको रूपमा आफुलाई प्रस्तुत र परिमार्जित गर्दै गयो र अन्तत:यो राष्ट्रको सान,मान,ईज्जत र प्रतिष्ठा संग जोडिदै राष्ट्रिय खेलको रुपमा स्थापित हुन पुग्यो । जापानमा सम्पन्न भएको गत ओलम्पिकवाट कराते खेललाई पनि समावेश गरिएपछि यो खेलको अझ बढी चर्चा र महत्व चुलिदै गयो । दक्षिण एशियाली,एशियन गेम्स र ओलम्पिकमा सहभागीका कारण यसलाई राष्ट्रको मान,प्रतिष्ठासँग प्रत्यक्ष जोडिएको खेल पनि भनिन्छ ।
बिगत देखि हेर्ने हो भने,करातेले अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको झण्डा फहर्याउदै राष्ट्रको नाम राख्न महत्वपूर्ण भूमिका समेत निर्वाह गरिरहेको छ । यो एउटा खेल मात्र होईन यसले आम मानिसलाई अनुशासित,राष्ट्रप्रति वफादार,सामाजिक उतरदायी वहन,कुशल,दक्ष,योग्य र सफल ब्यक्तीत्व बन्न यो खेलले मद्धत र प्रोत्साहित गर्छ भने कुलत,बिसंगती,कुकार्य गर्नलाई यो खेलले बन्चित गराउछ ।
शारीरिक तथा मानसिक बिकाशका दुवै हिसावले यो खेल महत्वपूर्ण मानिन्छ । स्वस्थ,अनुशासन,आत्मरक्षा, आत्मविश्वास,शान्ति र सामाजिक अभियान,अध्यात्म ज्ञान र राष्ट्र निर्माणका लागि यो खेल उत्तम र सही मार्ग मान्न सकिन्छ । बिशेष गरेर कराते खेल्दा रक्तसञ्चार र श्वासप्रश्वासको संयोजन हुने हुदा बौद्धिक विकासमा यसको सकरात्मक प्रत्यक्ष प्रभाव रहन्छ जसले गर्दा शरिरलाई सदा ताजा र स्फुर्त वनाउछ । बालबालिकाको शारीरिक विकास बृद्धी,युवाहरुमा जागरण र राष्ट्रप्रेम जागृत गराउनका साथै,४० कटेकाहरुले दैनिक रुपमा ३०-३५ मिनेटको तेन्सो अभ्यास गर्नसके स्वास्थ्यको हिसावले पनि यो खेललाई उत्तम मान्न  सकिन्छ ।
शारिरीक लचकता,स्मरणशक्ति बृद्धी,सामाजिक रूपमा अव्वल नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत यो खेलले बिशेष मद्धत पुर्याउछ । कराते खेल आजका दिनसम्म आईपुग्दा धेरै आरोह अवरोहहरु पार गरिसकेको छ । नेपालमा स्थापना कालमा निकै कठिन अवस्था र संकट झेल्नु परेपनि आज यो खेलको उचाई निकै नै बढेको छ । मित्र राष्ट्र चीनको हाङझाउमा भरखरै सम्पन्न भएको १९ ओै एशियन गेम्समा करिव २५ बर्ष पछि कराते खेलवाट एरिका गुरुङ्गले ऐतिहाशिक रजत पदक प्राप्तिले यो खेलको उचाई थपिदियो भने जसले अन्तराष्ट्रिय जगतमा कराते खेलको माध्यमवाट राष्ट्रको शिर उच्च वनाईदियो ।  संस्थापक प्रमुख प्रशिक्षक गुरु थानेश्वर राई वाट नेतृत्वदायी भुमिका हुदै लामो समय देखि करातेका द्धिग्गज हस्ती दावा गुरुङ्गको निरन्तर योगदान सहित राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव गुरु युवराज लामाको नेतृत्व आजका दिनसम्म आईपुग्दा कराते ले एउटा बिशेष फडको मारिसकेको छ ।
गुरु र आफुभन्दा सिनियर अग्रजलाई सम्मानजनक संस्कार निर्माणमा विकास गर्न र अनुशासित मार्ग निर्देशन गर्न सिकाउने खेल कराते,”सके राष्ट्रका लागि,नसके स्वास्थ्यका लागि”खेले उत्तम र फलदायी मानिन्छ ।
( लेखक,नेपाल सितोरियो कराते संघका प्रवक्ता,शाखा डोजो नक्सालका अध्यक्ष / प्रमुख प्रशिक्षक तथा वरिष्ठ करातेकर्मी  एवम अन्तराष्ट्रिय रेफ्री हुन )
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *