नेपाली नागरिकलाई भुटानी नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण सार्वजनिक भएपछि नेपालको राजनीतिक र प्रशाशनिक क्षेत्रमा हुने गरेको भ्रष्टाचार र अनियमितता नभएर अन्तर्राष्ट्रिय स्थरमा नै नेपालको शिर झुकाउने काम भएको छ । यहाँ देश र जनताको शिर निहुरिए पनि भ्रष्टहरुको उच्च शिर र भ्रष्टाचार बिरुद्धको आन्दोलनमा अग्रमोर्चामा देखिएको नौटंकी आर्टिफिसिएल इन्टेलिजेन्सको युगमा अस्वभाविक र लजास्पद बाहेक केही होइन । हुनत नेपालको शासन प्रणालीनै भ्रष्ट भएपछी प्रक्रिया त स्वभावैले भ्रष्टिकरण हुनेनै भयो । बर्तमान नेपालको सन्दर्भमा कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकामाथिको ठाडो राजनीतिक हस्तक्षेपले नीतिगत र प्रक्रियागत भ्रष्टचार मौलाएको छ । कुनै एक ब्यक्ति त प्रतिनिधि पात्रमात्रै हुन्, जे भएपनि कानुनी प्रक्रियाको टुङ्गो नलागि पूर्ण आरोप प्रत्यारोप गर्नु उचित होइन । तर यो स्तरकोको संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र प्रशासन संयन्त्र जोडिनु बिकृतिको पराकाष्ठा नै मान्नु पर्छ । यस्तो प्रवृत्तिगत घटना हुनु भनेको नेपालमा स्थापित सामाजिक मूल्य मान्यता र प्राकृतिक न्यायको सिद्धान्त कमजोर र लोपहुँदै जानु हो । अझ भन्नू पर्दा भ्रष्टसंस्कृतिको दासत्व स्विकार्दै पराधिन भएर स्वभिमान समर्णपन गर्नु हो । यो स्वभिमानी नेपालीलाई स्विकार्य हुनै सक्दैन । प्रक्रियागत भ्रष्टाचारको प्रणालीमा हस्तक्षेप नगरी कुनै पनि हालतमा भ्रष्टाचार निवारण हँुदैन केवल नाटक बाहेक । यद्यपि पात्रहरू जो जस्तो चरित्रको भएपनि ऐन र चैन बाट मुक्त हुनुपर्छ । जो कोही होस्, दोषिलाई निर्दोष र निर्दोषीलाई दोषी ठहर गर्दै भ्रष्टाचार विरुद्धको आन्दोलन सफल ठानिन्छ भने जनताले विद्रोहको शिर उठाउने छन्, सडक तताउने छन, परिवर्तनको आधिबेहरी ल्याउने छन तेति बेला न टेक्ने लौरो हुन्छ न समाउने दाउरो । बेलैमा चेतना भया ।
Facebook Comments Box