अमृतले सुरु गरे ‘भरोसा युवामा’को छायांकन

मनोरञ्जन समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । चेतनामुलक टेलिश्रृखला ‘भरोसा युवामा’ निर्माण सुरु भएको छ । अमृतमान महर्जनको निर्देशन रहने टेलिश्रृखलाको बुधबार ललितपुरको काफल डाँडाबाट छायांकन सुरु गरिएको हो । निर्देशक महर्जनकै कथा रहेको टेलिश्रृखलाको लेखन शंकर पोखरेलले गरेका हुन् । टेलिश्रृखलामा रामेश्वर हुमागाईको छायांकन रहनेछ । अञ्जु निरौला, पुष्कर राउत, मञ्जु श्रेष्ठ, आर.के मानन्धर, खिब बहादुर ध्वन सिंह भण्डारी, पबशाल बराल लगायतको अभिनय टेलिश्रृखलामा रहनेछ ।

टेलिश्रृखलाले अध्यायन तथा रोजगारीका लागि विदेशमा भौतारीने भन्दा पनि स्वदेशमै केही गर्न सन्देश दिने निर्देशक महर्जनले बताए । टेलिश्रृखला छिट्टै टेलिभिनबाट प्रसारण हुनेछ । निर्देशक महर्जनले यस अगाडि केही फिल्म तथा थुप्रै टेलिफिल्म निर्देशन गरिसकेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *