उपनिर्वाचनमा अवाञ्छित गतिविधि गर्नेलाई कारबाही गर्न आयोगको निर्देशन

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा अवाञ्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन दिएको छ । आयोगले उपनिर्वाचन हुने श्रेत्र र त्यसबाहेक अन्य क्षेत्रका व्यक्तिहरुले अवाञ्छित क्रियाकलाप र गतिविधि गरेको पाइएमा नियन्त्रणमा लिई कारबाही गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको हो ।

आगामी वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ– १ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि हिजो राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । यस अवधिमा कुनै प्रचार प्रसार, सभा सम्मेलन र निर्वाचनको परिणामलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न आयोगले निषेध गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *