पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको अध्यक्षमा अमित गौतम चयन

प्रदेश १ प्रवास समाचार
खवर पाटी (खोज खबरको अभियान)

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको तेश्रो अधिवेशनबाट नयाँ अध्यक्षमा अमित गौतम सर्वसम्मत चयन भएका छन। नेपालको पूर्वी १४ जिल्ला समेटेर जापानमा २०१५ मा संगठित भएका नेपालीहरूको संस्था हो, पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापान ।

विराटनगर स्थायी घर भई डेढ दशकयता जापानलाई कर्मथलो बनाएका गौतमको नेतृत्वमा अप्रिल २४ तारिक नयाँ कार्यसमिति चयन भएको हो। १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत उपाध्यक्षहरूमा ध्रुवकुमार थापा, लक्ष्मीहाङ आङबो र शुशिला प्रसाई चयन भए भने सचिवमा भुवन निरौला, सहसचिव नवराज घिमिरे र कोषाध्यक्ष रोहित थापा चयन भएका छन।

टोकियो सोलमारी सभा हलमा सम्पन्न तेस्रो अधिवेशनले पूर्वका १४ जिल्लाका संयोजकहरू समेत सर्वसम्मत चयन गरेको थियो। जसअन्तगत मोरंङ्मा प्रकाश कोइराला, झापामा विनोद कार्की, सुनसरीमा मदन खडका, उदयपुरमा मिरा दनुवार, पॅाचथरमा मुक्साहांङ लावती, तेह्रथुममा शिशिर निगंलेखु लिम्वु, ओखलडुगामा विमल कार्की र भोजपुरमा कविर ताम्राकार चयन भए। बाँकी जिल्ला संयोजकहरू कार्यसमिति बैठकले चयन गर्ने र जिल्ला समितिहरूमा पनि कम्तिमा तीन जना चयन गरिने छ।

त्यसैगरि संस्थाको संरक्षकमा निवर्तमान अध्यक्ष सुभाष प्रसाद लोहनी सहित सल्लाहकारहरूमा डिल्लीराम सिवाकोटी, संजीव राई र आनन्द कोइरालालाई चयन गरेको छ। निवर्तमान अध्यक्ष सुभाषप्रसाद लोहनीको सभापतित्वमा भएको उदघाटन सत्रमा विधान कमिटिका तथा संस्थापक सदस्य आनन्द कोइरालाले स्वागत मन्तव्य सहित संस्था स्थापनाको लक्ष्य र उदेश्य बारेमा प्रकाश पार्नु भएको थियो। यस्तै प्रमुख अतिथि जनजाति महासंघ जापानका अध्यक्ष संजीव राई, शेर्पा संघ जापानका अध्यक्ष दावा शेर्पा,किरात याक्थुङ चुम्लुङ जापानका महासचिव मुक्साहांङ लावती लगायतले संस्थाले पूर्वी नेपालबाट जापानमा रहेका हरेक नेपालीहरूको लगत राख्ने, आपतकालिन अवस्थामा सहयोग गर्ने र पूर्वी नेपालको विकासका कार्यक्रमहरूमा हातेमालो गर्न अग्रसर हुनुपर्ने आवश्यकता औल्याउनु भयो। यस्तै पूर्वी नेपालबाट आएर जापानमा क्रियाशिल अन्य संघसस्थाहरूसंग पनि सहकार्य गर्न सुझाव दिनुभयो। सोही अवसरमा अतिथि तथा प्रमुख अतिथिहरूले संस्थाले आफ्ना गतिविधिहरू समेटेर प्रकाशन गरेको स्मारिका समेत विमोचन गरिएको थियो ।

को हुन त वर्तमान अध्यक्ष अमित गौतम ?

बिराटनगरको सामान्य तर शिक्षित परिवारमा पिता प्रसिद्द समाजसेवी रामचन्द्र गौतम र माता सबिता गौतमको जेष्ठ पुत्रका रुपमा जन्मी हुर्किएका अमित गौतम लगभग डेड दशकदेखी जापानमा हुनूहुन्छ। पूर्वी नेपाल विकास सहकार्य जापानकै निबर्तमान सचिव कुमार बनको अनुसार मास्टर्ससम्म अध्ययन गरी जापानलाइ कर्मथलो बनाएका गौतमको जापानमा आफनै बंगलो रहेको छ । अत्यन्तै मेहनती, शिक्षित र सहयोगी भावनाको खानी श्रीमती जया आचार्य र स्वयं अमित गौतम मिलेर जापान र नेपालमा हजारौं शीर्षकमा सहयोग गरिसक्नु भएको छ। अंग्रेज़ी जापानीज सहित केही अन्य भाषामा अत्यन्तै राम्रो दखल राख्नुभएका गौतम अरुको समस्या सुलझाऊन अग्रपंगतीमा उभिने गरेका छन। साथीभाईबीच प्रस्ट तथा ईमानदार शैली, शान्त स्वभाव तथा नेतृत्व क्षमता भएका ऊनी नेपाली समुदाय जापानका लगभग सबैसँग़ चिरपरिचित छन। निस्वार्थ भावमा अरुलाई सहयोग गर्न अग्रसर रहने गौतमले कैयौ स्थानहरुमा आफनै ब्यक्तिगत खर्चमा समुदायीक कामहरु गरिदिएका उदाहरणहरु पनि छन । आफ्नो जिम्मामा आएका धेरै कार्यहरु पुर्ण अठोटका साथ गर्ने प्रबृत्तिका गौतम जापानमा नेपालीहरूको आशा र भरोसाको केन्द्र हुन भन्दा पनि खासै फरक पर्दैन । बिभिन्न ब्यबसाय समेत गरिरहेका ऊनी प्रखर, इमान्दार र सक्षम ब्यक्तित्व हुन। पूर्वी नेपाल विकास सहकार्य केन्द्रले स्थापनाकाल देखी गरेका हरेक कार्यमा अग्रणी भूमिका निभाऊने गौतम अझै धेरै काम गर्न सक्ने ब्यक्तिको रुपमा आफ्नो पहिचान बनाईरहेका छन। नवनिर्वाचित अमित गौतम र सम्पूर्ण युनिटलाई हाम्रो तार्फबाट पनी सफल कार्यकालको शुभकामना ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *