सेप्टेम्बरमा प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने

मुख्य समाचार
खवर पाटी (खोज खबरको अभियान)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने भएका छन् । नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको विषयमा जानकारी दिएका हुन् । प्रधानममन्त्री प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने कार्यक्रम तय भएको मन्त्री साउदको भनाइ छ ।

यद्यपि, प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण’ प्रधानमन्त्रीको सचिवालय र चिनियाँ पक्षले हालसम्म कुनै पनि सार्वजनिक रुपमा जानकारी गराएका छैनन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण’ जानकारी दिएका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *