प्रथम प्रदेश स्तरीय लेजर रन प्रतियोगिता सम्पन्न, बागमतिका सोहेब उत्कृष्ट खेलाडि घोषित

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

इटहरि । प्रथम प्रदेशस्तरीय लेजर रन प्रतियोगिता सम्पन्न भएको छ । कोशि प्रदेशको इटहरि रंगशालामा आयोजना गरिएको प्रतियोगितामा बागमती प्रदेशका सोयबमान श्रेष्ठले १ स्वर्ण र १ रजत पदक हासिलगर्दै उत्कृष्ट खेलाडि घोषित भए । प्रतियोगितामामा कोसी प्रदेशले ११ वटा गोल्ड, १० सिल्भर र ८ वटा ब्रउन्च मेडल प्राप्त गर्दै प्रथम भयो । यस्तै वागमती प्रदेशले ५ गोग्ल, ५ सिल्भर र ९ ब्राउन्च मेडल प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गरेको थियो । यस्तै तेस्रो भएको गण्डकी प्रदेशले १ वटा गोल्ड पेडल प्राप्त गरेको थियो । प्रतियोगितामा सातै प्रदेशका करिव १ सय प्रतियोगिताहरुले सहभागीता जनाएका थिए । उत्कृष्ट प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमका सभापति रितेश श्रेष्ठ प्रदेश अध्यक्ष मोर्डन पेन्टाथलन फेडेरेशनका पेन्कोन फेदेरेसन केन्द्रिय कोष अध्यक्ष सैलेन्द मान श्रेष्ठ लगायतका अतिथिहरु उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *