ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । भ्रष्टाचार विरोधी अभियानमा नेतृत्व गर्दै आइरहनु भएका हाम्रो नेपाल,हामी नेपालीको संयोजक ज्ञानेन्द्र शाही राप्रपा प्रवेश गर्नु भएको छ । शुव्रmवार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित विशेष समारोहमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेलले शाहीलाई फुलमालाले स्वागत गर्दै शाहीलाई पार्टी प्रवेश गराउनु भएको हो । शाही सहित हाम्रो नेपाल हामी नेपालीमा आवद्द ४६५ जना पनि राप्रपा प्रवेश गर्नुभएको छ । शाहीलाई पार्टी प्रवेश लगतै अध्यक्ष लिङदेनले पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिनुभएको छ ।

राप्रपाका सहायक प्रवक्ता प्रविणकुमार थोकर तामाङले अब देशैँ भर राप्रपा प्रवेशको लहर चल्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो–राजसंस्थावादी र हिुन्दवादीहरु अव निर्वाचन सम्मै राप्रपा प्रवेशमा लहर चल्छ । स्थानीय निर्वाचन सम्ममा राप्रपाको राम्रो स्थान रहने र राप्रपालाई सबैले साथ दिने पनि तामाङले विश्वास ्व्यक्त गर्नु भयो ।

Facebook Comments Box