कमल थापा राप्रपा नेपालमै

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । निर्मल निवासको हस्तक्षेपका कारण राप्रपाको केन्द्रीय महाधिवेशनमा आफूले हार व्यहोर्नु परेको दावी गर्दै आउनु भएका राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले आफ्नो पुरानो पार्टी राप्रपा नेपाल घोषणा गर्नु भएको छ । शनिवार राजधानीमा विशेष समारोहका बीच थापाले राप्रपा नेपालको घोषणा गर्नु भएको हो । राप्रपा र राप्रपा नेपाल एकिकरण गरिनु भन्दा पहिला थापा राप्रपा नेपालको अध्यक्ष नै हुनु हुन्थ्यो ।

कमल थापाले राप्रपा छोडेर राप्रपा नेपाल पुनरजिवित गरेपछि राप्रपामा केहीले खुसी व्यक्त गरेका छन् ,भने केहीले असन्तुष्टी व्यक्त गरेका छन् । घोषणा सभामा थापाले बाध्य भएर आफु पुरानै पार्टीमा फर्केको बताउनु भयो । उहाँले पहिले आफू राप्रपा नेपालमा रहदा रहेका सबै नेता–कार्यकर्ता राप्रपा नेपालमा फर्किने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा उल्लेख्य नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
राप्रपा नेपालमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य चयन गर्न आन्तरिक तयारी भइरहेको छ

Facebook Comments Box