काठमाडौं, ८ बैशाख । एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबार ओमानसँग भएको खेलमा नेपाल विजयी भएको छ। टस हारेर पहिला ब्याटिङ्को निम्तो पाएको नेपालले ओमानलाई ३ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाउँदै ३ सय १० रन जोडेको थियो। जवाफी ब्याटिङ्मा उत्रेको ओमानले ४६.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय २६ रन मात्र जोड्न सक्यो।
Facebook Comments Box