राष्ट्रपति समक्ष जनताको गुनासो, देश एकदम जटिल अवस्थामा छ

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरबाट सार्वजनिक स्थलको भ्रमण सुरु गरेका छन् । शुक्रबार उनी भक्तपुर दरबार स्कवारबाट परिसर हुँदै विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यो समाचार लेखिरहँदा उनी भक्तपुरमै छन् । सोही क्रममा विभिन्न व्यक्तिहरूको भनाइहरू पनि उनले सुनेका छन् । राष्ट्रपति पौडेलले अवलोकन गरिरहँदा उपस्थिति एक व्यक्तिले देश एकदम जटिल अवस्थामा रहेको बताएका छन् ।

 

राष्ट्रपति पौडेलतर्फ हेर्दै ती नागरिकले भने,’ भक्तपुरबाट हरेक काम हुन्थ्यो । भक्तपुरको कांग्रेसबाट सबै काम खत्तम हुन्थ्यो । आज कांग्रेस कुन अवस्थामा छ । कांग्रेसले देशलाई कस्तो अवस्थामा लगेको छ त्यसलाई राम्रोसँग ध्यान दिनुहोला । म धेरै कुरा बोल्दिन । सबैको एकदिन जानु छ । जानुभन्दा अगाडि देश तपाइहरूको हातमा छ । देशलाई सही ट्रयाकमा लानुहोस ।‘

उनले नेताहरूलाई सही ट्रयाकमा आग्रह गरे । भीडबाट उनले अगाडि थपे,’ पञ्चायतमा हामीले ढुंगा हानेको थिइम आज बोल्न पनि नपाइने भइसकेछ ।‘

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *