प्रभाव र प्रतिशतको आधारमा उम्मेदवार चयन गर्ने गठबन्धनको तयारी

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सत्ता गठबन्धनमा स्थानीय चुनावको तालमेलका लागि खाका तयार भएको बुझिएको छ। विगतमा जुन दलले जितेको पालिका हो उसैले प्रमुखमा उम्मेदवार अगाडि बढाएर बाँकीले समर्थन गर्ने र अन्य दलले जितेको पालिकामा प्रभाव र प्रतिशत दुवैका आधारमा उम्मेदवार तय गर्ने गरी खाका तयार भएको स्रोत बताउँछ ।

काँग्रेसले ललितपुर र विराटनगर, माओवादीले भरतपुर र जसपाले वीरगञ्ज महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार प्रमुख पदमा अगाडि बढाउने भित्री सहमति बनिसकेको छ । तर, एमालेले जितेका काठमाडौं र पोखरामा भने सहमति बन्न बाँकी छ । दुवै महानगरपाकिलामा नेकपा एसले दाबी गरेको छ । उसले पोखरामा उम्मेदवारको दाबीका लागि यस्तो गरेको हो ।

काँग्रेसले काठमाडौं र पोखरा पनि छाडेर उपमहानगरपालिका र नगरपालिकाहरुमा मिलाउन सकिने जवाफ दिएको छ । तर, नेकपा एस मानेको छैन । विश्वस्त स्रोतका अनुसार पोखरामा नेकपा एसलाई दिएर मिलाउने सम्भावना रहेको बुझिएको छ ।

गठबन्धन बाहिरको दलले प्रमुख जितेका पालिकाहरुमा बाँडफाँड गर्दा प्रतिशतको आधारमा भागवण्डा गर्ने तयारी समेत भएको छ । काँग्रेसलाई ४० देखि ५० प्रतिशत दिएर बाँकीमा माओवादी, नेकपा एस, जसपा र राजमोलाई दिने गरी मिलाउन खोजिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *