काठमाडौं । काठमाडौं क्षेत्र नम्बरमा १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १ सय २५ मतले पराजित गर्दै सिंह विजयी भएका हुन् । सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्र ७ हजार १८ मतमा रोकिएका हुन् ।
यसैगरी, काठमाडौं– ४ मा पनि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टरार्ईलाई भारी मतान्तरले पछि पार्दै उनी सांसद निर्वाचित भएका हुन् । काठमाडौं–४ गगनले निरन्तर चुनाव जित्दै आएको क्षेत्र हो । अघिल्लो चुनावमा पनि उनले एमालेका भट्टराईलाई नै हराएर विजयी भएका थिए ।
यस्तै, काठमाडौं–८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । उनले ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याएका छन् ।
यसैगरी, काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले जितेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले नेकपा एमालेका ईश्वर पोखरेललाई हराउदै विजय भएका छन् । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजय भएका छन् ।