थप ४४८ कोरोना सङ्क्रमित, कुल सङ्क्रमित संख्या ५०६२ र कुल डिस्चार्ज हुनेको ८७७ पुग्यो

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, जेठ ३० । नेपालमा कोरोना भाइरसबाट थप ४४८ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या पाँचहजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । थप सङ्क्रमित हुनेमा ४२४ र महिला २४ छन् । कुल सङ्क्रमित हुनेमा चारहजार ७०९ र ३५३ रहेका छन् ।

थप १६ डिस्चार्ज

त्यसैगरी, आज थप १६ डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको ८७७ पुगेको छ । दुबै प्रकारका परीक्षणको सङ्ख्या एकलाख २१ हजार ८६२, क्वारेन्टाइनमा एकलाख ५८ हजार ५० रहेका छन् । आइसोलेसनमा चारहजार १६९ रहेको छ ।

थप एककाे मृत्यु

अर्घाखाँचीको एक क्वारेन्टाइनमा रहेका एक सङ्क्रमित ५७ वर्षको अस्पतालबाट उपचारपछि घर फर्किदै गर्दा मृत्यु भएका छन् । उनको स्वाब परीक्षण पोजेटिभ आएकाले नेपालमा कोभिड १९बाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

काठमाडौंमा पुनः एकजना महिलामा सङ्क्रमण

काठमाडौंमा पुनः एकजना महिलामा सङ्क्रमण देखिएको छ । त्यसैगरी, नुवाकोट, तनहुँ, धनुषा, बारा, पाल्पा, गुल्मीमा एक एकजनालाई कोरोना लागेको छ । त्यसैगरी, सर्लाहीमा ५०, रौतहटमा ८६, नवलपरासी पश्चिम २, रुपन्देही १६, प्युठान २, अर्घाखाँची २, सुर्खेत ४५, दैलेख ३८, दाङ ८, कपिलबस्तु ४ जनालाई सङ्क्रमण भएको छ ।

यता, मोरङ २, झापा १३, महोत्तरी १०, चितवन ८, धादिङ २९, सप्तरी १७, उदयपुर ३, सिराहा ११, इलाम ११, सुनसरी १०, पर्वत १३, स्याङ्जा २२, नवलपरासी पूर्व ५, बर्दिया १७, बाँके २ जनासहित ७२ वटा जिल्लामा कोभिड १९ को सङ्क्रमण फैलिएको छ ।

Facebook Comments Box