नवज्योति र मुकुन्दसेन दुध डेरीमा दैनिक १० हजार लिटर दुध घट्यो, प्रदेश सरकारको ध्यान गएन

खवर पाटी (खोज खबरको अभियान)

गैंडाकोट । दुध उत्पादनको लागि नेपालकै न्युजरल्याण्ड भनेर नेपाल सरकारले घोषणा गरेको साबिक मुकुन्दपुर गाबिस हाल गैडाकोट नगरपालिकाको वडा १०, ११, १२ र १३ का गाइपालक किसानहरु लकडाउनका कारण मर्कामा परेका छन ।
किसानहरुको समस्यालाइ हाल नेपाल सरकार र गण्डकी प्रदेश सरकारले कुनै महत्व नदिएको किसानहरुले दुखेसो गरेका छन । हाल बागमती प्रदेश र पाच नम्बर प्रदेश सरकारले किसानहरुलाइ राहत स्वरुप प्रत्येक दुधको लिटरमा एक रुपयाँ देखि पाच रुपयाँ सम्म अनुदान दिएको तर गण्डकी प्रदेशले गाइपालन किसानहरुको गुनासोलाइ प्रदेश सरकारले बुझिदिन नव ज्योतिदुध उत्पादक सहकारी सस्थाका किसानहरुले गुनासो रहको छ ।
लकडाउनको कारण हाल दैनिक मुकुन्दपुरमा नवज्योति दुध डेरी र मुकुन्दसेन दुध उत्पादक डेरीमा दैनिक १० हजार लिटर दुध घटेको छ । नेपाल सरकारले यस क्षेत्रलाइ नै दुध उत्पादन युरोपको न्युजरल्याण्ड सङ्ग तुलना गरेर घोषणा गरिएता पनि सरकारले हाल प्रदेश सरकारले कुनै महत्व नदिएकाले हामी मारमा परेको किसानहरुको गुनासो रहेको छ । कृषि प्रधान देशमा यसरी किसानहरुको पिडालाई नै सरकारले समयमा बुझ्न सकेन र सकरात्मक पहल गरिएन भने भोलीका दिनहरुमा किसानहरु हतोत्साही अवस्था आउन सक्छ । यसबारेमा स्थानीय सरकारले समयमै सहि र उचित कदम चाल्नु पर्ने देखिन्छ ।

Facebook Comments Box