विगत २६ बर्ष देखि हराईरहेका आफ्ना बुबाको खोजिमा निरन्तर लागिरहेकी छोरी सुनिता

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौं । छोरी सुनिता भण्डारीले विगत २६ बर्ष देखि हराईरहेका आफ्ना बुबालाई खोजिरहेकी छीन । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका-७ साविक रातमाटेस्थित धनसार भन्ने ठाउँबाट करिब २६/२७ बर्ष पहिले मुम्बईमा काम गर्ने भनी एक गाउँलेसँग गए पछि वेपत्ता भएका गोबिन्द भण्डारीको छोरी आफ्ना बुबा खोज्ने क्रममा ललितपुरका सहकारीकर्मी तथा समाजसेवी रामशरण घिमिरेको सम्पर्कमा पुगेकी थिईन । घिमिरेले सुनितालाई आफन्त नेपालको केन्द्रीय कार्यालयमा लिएर गएपछि उनलाई अब आफ्ना बाबा भेट्ने कुरामा निक्कै विश्वास जागेर आयो । आफू तोते बोली बोल्न सिक्दै गर्दा हराएका बुबाको खोजीको लागि धेरै प्रयास गर्दा पनि सफल भएकी थिईनन । कार्यालयमा उनले ‘अब यहाँबाट पक्कै पनि मेरा बाबाको खोजी सहयोग पाउनेछु’ भन्दै सुनिताले आफ्नो पिडा पोख्दै गर्दा मेरा पनि आँखा रसाए, संस्थाका निर्देशक इन्द्रराज भट्टराईले भन्नुभयो ।

विगतमा सुनिताले आफ्ना बाबा खोज्ने क्रममा न्यूज 24 को ‘सिधाकुरा जनतासँग’ कार्यक्रममार्फत पनि आफ्नो विलौना पोख्नुभएको रहेछ। विगतमा हामीले बिभिन्न कारणले हराएका, बेचबिखनमा परेका नेपाली दिदीबहिनीरदाजुभाइको भारतबाट उद्वार गरी स्वदेश फिर्ता गराएको थाहा पाउनुभएको रहेछ। भट्टराईले सुनिताले आफ्ना बाबा खोज्ने क्रममा गरेका गतिविधिका बारेमा जानकारी दिनु भएको थियो । उहाँले अगाडी भन्नुभयो सुनिता बहिनी, हामीले तिम्रो बाबाको खोजी पहलको सुरुवात गरिसकेका छौं। आशा छ, बाबा भेटिनुहुनेछ र तपाईंको बाबा भनेर बोलाउने चाहना पूरा हुनेछ। यो खोजी अभियानमा हामी सबै सामाजिक अभियन्ताहरूको साथ र सहयोग चाहन्छौं।

आफ्ना बुबा हराउँदा ठूली छोरी २ बर्ष र सानी १४ महिनाका मात्र थिए ।

आशा गरौ, सुनिता भण्डारीले सोचे जस्तै उनले विगत २६/२७ बर्षदेखि खोजिरहेकी आफ्ना बुबालाई भेट्न सकुन ।

Facebook Comments Box