नागरिकलाई उद्धार गर्न ढिलाइ गरेपछि यूएईले नेपाली कामदारहरुलाई नेपाल फिर्ता पठाउने तयारी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं : नेपाल सरकारले आफ्ना नागरिक फिर्ता ल्याउन चासो नदेखाएपछि विदेशी मुलुकहरुले नेपाली कामदार आफैंले नेपाल लयाएर छोड्ने अवस्था उत्पन्न भएको छ । उचित सावधानी र सतर्कता अपनाएर परिस्थितसँग मुकाविला गर्नेभन्दा बहाना बनाई समस्या पन्छाउन रुची देखाउने सरकारलाई विदेशी मुलुकले लिने कठोर कदमले भने सबक सिकाउने देखिएको छ ।

नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गरेपछि यूएईले आफ्ना दुई वटा जहाज नेपाली कामदारहरुलाई नेपाल फिर्ता पठाउने भन्दै पत्र नै पठाएको  सार्वजनिक भएको छ । संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सोमबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई वटा विमान आउने जानकारीसहित पत्र आएको, तर नेपालमा वैदेशिक रोजगारीबाट फर्किने कामदारको व्यवस्थापनको तयारी नगरी कामदार लिएर भनेको मितिमा विमान अवतरण गर्न दिने अवस्था बनिनसकेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले हालसम्म खाडीका ६ मुलुक तथा मलेसियाजस्ता श्रम गन्तव्य मुलुकहरुबाट सवा ३ लाख र भारतबाट साढे दुई लाख गरी करिब ६ लाख नेपाली स्वदेश फर्किने अवस्था रहेको भन्दै सरकारले वास्तवमै संकटमा परेकालाई मात्र नेपाल ल्याएर व्यवस्थापन गर्ने तयारी गरिरहेको जानकारी दिए । नेपाल आउन चाहने सबैलाई ल्याउन नसकिने उनको भनाइ छ ।

भारतले मंगलबारदेखि समस्यामा परेका कामदारलाई गन्तव्यसम्म पुग्न रेल्वे सेवा शुरु गर्न सोमबार दिउँसो ४ बजेबाट अनलाइन टिकट शुरु गरेको छ । रोजगारी गुमाएर अलपत्र परेका नेपालीहरुको ठूलो संख्या सिमानामा आई पुग्ने अनुृमान छ ।

उता कतारमा कारोना भाइरसका कारण कम्पनी बन्द भएपछि कम्पनीले कामदारलाई रोजगार समाप्ती ‘इन्ड अफ सर्भिस’को पत्रमा धमाधम हस्ताक्षर गराउन थालेको कामदारहरुले बताएका छन् । कम्पनी छोड्दा वा कम्पनीले निकाल्दा कतारमा कम्पनीले ‘इन्ड अफ सर्भिस’ पत्रमा कामदारलाई हस्ताक्षर गराउने गरिएको छ ।

कतिपय कम्पनीले मे महिनाको तलव अग्रिम दिने बताएर उक्त पत्रमा हस्ताक्षर गराउन शुरु गरेको समेत बताइएको छ । कम्पनीबाट बिदा हुने कामदार भने आफु स्वदेश नउड्दासम्म हालकै आवासमा बस्न पाउने छन् । हाल कतारमा साढे तीन लाख नेपालीहरु कार्यरत रहेका छन् । कतार सरकारले करार अवधि नसकिएसम्म कामदारलाई कामबाट नहटाउने बताइएकाबेला पछिल्लो निर्णयले धेरै नेपाली कामदारले रोजगारी गुमाई प्रभावित हुने चिन्ता बढाएको छ ।  – स्रोत : तीब्रखबर

Facebook Comments Box