एमसीसी खारेजीको माग गर्दै जनप्रगतिशील मञ्च कतारद्वारा दुतावासमा ज्ञापन

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कतार स्थित नेपाली जनप्रगतिशील मञ्च राष्ट्रिय समितिले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै अपमानजनक शर्तहरु खारेजी हुनुपर्ने बताएको छ । मञ्चले एमसीसीका अपमा जनक शर्तहरु खारेजी गरियोस् भन्दै कतारस्थित नेपाली राजदुतावास र दुतावास मार्फत् नेपालमा प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र संसद सचिवालय लाई ज्ञापन पत्र बुझाएको हो । मञ्चाका महासचिव हरिबहादुर कार्की (माहमुद) ले एमसीसीका खारेजीको माग सहित ज्ञापन पत्र बुझाइएको जानकारी दिएका हुन् ।

‘हामी नेपाल सरकार र अमेरिकी सरकार बिच भएको एम सी सी सम्झौताको जोडदार रूपले विरोध गर्न चाहन्छौँ किनभने यो सम्झौता नेपालको स्वतन्त्र सार्वभौमसत्ता र स्वाभिमानको बिरुद्धमा छ, पञ्चशील सिद्धान्त को मान्यता बिरुद्धमा छ । विगत अनेक दशक देखि अमेरिकाले नेपालको बिकासका लागी विभिन्न खाले सहयोग प्रदान गर्दै आएको छ, यो सराहनीय छ। तर यसरी अमेरिका बाट प्राप्त सहयोगका लागी विगतमा कुनै पनि शर्त हरू नेपाल माथि थुपारिएका थिएनन्, तर वर्तमान एम सी सी सम्झौतामा नेपाल को कानुन, संविधान, सम्प्रभुता, राष्ट्रियता प्रति आँच आउने गरि नेपाल राष्ट्र भन्दा माथि रहने गरि संसदबाट अनुमोदन हुनुपर्ने बिभिन्न असमान शर्त लादिएको छ। जसको अर्थ एम सी सी का नीति, नियम, शर्त सम्झौताहरू नेपालका ऐन कानुन संविधान सित बाझिएमा, नेपालको ऐन कानुन, संविधान स्वतस् निस्क्रिय रहने र एम सी सी सम्झौता का नियम शर्त हरू मान्य हुने। त्यस अतिरिक्त यो अमेरिकाको हिन्द प्रशान्त रणनीतिसित जोडिएर आएको र नेपाल जस्तो सामरिक महत्व बोकेको, पञ्चशील को सिद्धान्त अङ्गालेको मुलुकलाई कुनै एउटा शक्ति राष्ट्रको सैन्य कित्ता मा उभिने कुरा हामी कल्पना सम्म पनि गर्न सक्दनौं। त्यसकारण एम सी सी नेपाल र नेपालीहरूको हितमा नरहेको कुरामा हामी दृढ छौं।’

आज नेपाली जनताको बहुसंख्यक हिस्सा एम सी सी को विरुद्धमा उभिएको छ। हामी अमेरिकी सहयोगको विरुद्ध छैनौ तर असमान शर्त सहित गरिने कुनै पनि सहायता नेपालको हितमा हुदैन भन्नेमा हामी सजग छौं। हामी एम सी सी सम्बद्ध पक्ष हरूलाई यो भन्न चाहन्छौ कि यस एम सी सी सित जोडिएका कयौं असमान शर्तहरू नहटाए सम्म सम्झौता मान्य हुने छैन, यसलाई बहिष्कार गरिनु पर्दछ भन्ने हाम्रो मान्यता दृढ भएको जानकारी यस ज्ञापनपत्र मार्फत, गराउन चाहन्छौ।’ ज्ञापन पत्रमा भनिएको छ ।

Facebook Comments Box