वेवारिसे शवको व्यवस्थापनमा सवैको सहकार्य हुनुपर्छ : बिनयजंग बस्नेत

समाचार
खवर पाटी (खोज खबरको अभियान)

सोमबार मध्यान्न पशुपति क्षेत्रमा पुग्दा समाजसेवी विनयजंग बस्नेत शव वाहनबाट शव ओराल्दै थिए । लामो समयसम्म दाहसंस्कार नभएर वेवारिसे अवस्थाका शवहरु गलिसकेको, कुहिएको देखिन्थ्यो । यस्ता ५ वटा शवहरु आजै भक्तपुरबाट ल्याइएको थियो । उनले हिन्दू परम्परा अनुसार पूर्ण विधिसहित अन्तिम श्रद्धाञ्जली दिएर विद्युत् शवदाह गृहमा बुझाए । उनले आजसम्म कुल ५ सय ४६ वेवारिसे शवहरुलाई आफ्नै हातले अन्तिम श्रद्धाञ्जली दिएर दाहसंस्कार गरिसकेका छन् ।

जीवनको अन्तिम सत्य मृत्यु हो । जब मानिसको मृत्यु हुन्छ तब उसका आफन्तहरु मुक्तिका लागि लाशको विधिपुर्वक दाहसंस्कार गरेर विदाई गर्छन्, परलोकको गति र मुक्तिको लागि कामना गर्दछन् । तर आफन्त नभएका, वेसाहारा बनेका र आफन्त भइकन पनि विछोडिएका र जानकारीमा नरहेका व्यक्तिहरुको मृत्यु हुन्छ, तेस्ता शवहरु महिनौं देखि तेसै वेवारिसे बन्दछन् । अस्पतालका मुर्दाघरहरुमा सड्न बाध्य हुन्छन् । यस्ता शवहरुको खोजी कसैले गर्दैनन्, समाज, राज्य र प्रशासनमा यस्ता घटना छलफलको विषय बन्ने गरेका पनि छ्ैनन् । खोजी गर्ने हो भने देशभर यस्ता शवहरुको संख्या धेरै छन् । यस्ता वेवारिसे अवस्थाका शवहरु पनि सदगत् हुनुपर्छ, ‘वेवारिसे को हामी हुनुपर्छ’ भन्ने पवित्र र सामाजिक उत्तरदायित्व बोध भएका युवा समाजसेवी बिनयजंग बस्नेतले अभियानको शुरुवात गरे । वेवारिसे शवहरुको खोजी खोजी दाहसंस्कारको अभियान अघिबढ्यो ।

वेवारिसे शवहरुको दाहसंस्कारको अभियान ज्यादै कठिन रुपमा अघि बढीरहेको छ । किनभने शव दाहसंस्कारको लागि आवश्यक रकम आफ्नो व्यक्तिगत श्रोतबाट शुरु गरेका थिए । पैत्रिक सम्पत्ति समेत विक्री गरेर, ऋण काढेर पनि सदगत रोकिएको छैन । विद्यमान समयमा केही सहयोगी हातहरु अगाडि देखिन थालेको छ । उनले भने ‘राष्ट्रिय संचारमाध्यम र बिबिसि जस्तो अन्तर्राष्ट्रिय संचार माध्यममा कामको समाचार प्रकाशित भएपछि भने स्वस्फुर्त रुपमा सहयोगी हातहरुले पनि केही मद्दत गर्न शुरु गरे । साथीभाई र मनकारी व्यक्तिहरुले गरेर सहयोग जुटिरहेको छ ।’ सकेसम्म परम्परागत रुपमै चितामा अग्निदिएर दाहसंस्कार पुरागर्ने इच्छा हुँदाहुँदै पनि कहिले काँही आर्थिक अभाव हुँदा विद्युत गृहमा गर्नुपर्ने बाध्यता सुनाउँछन् ।

करिव दशवर्षदेखि वेवारिसे व्यवस्थापनको अभियानमा सक्रिय रुपमा क्रियाशील रहँदै बस्नेतले आफ्नै अध्यक्षतामा ‘एक्सन फर सोशियल चेन्ज’ नामक संस्था गठन गरेर सहकार्य गरिरेका छन् । आजसम्म करिव ५२ जिल्लामा संस्थाको शाखाहरु गठन भइसेकोले छिट्टै साधारण सभा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए । देशभर यस्ता वेवारिसे अवस्थाका शवहरु रहेकाले ती सवै शवहरुको व्यवस्थापन गर्न राष्ट्रिय रुपमै अभियान अघिबढाउने योजना उनको छ ।

अहिले मुलुकभरबाट वेवारिसे शव व्यवस्थापनका लागि जानकारी आउने गरेकाले ति सवैको दाहसंस्कार व्यक्तिगत खर्चमा गर्न ज्यादै अप्ठरो र असम्भव भएकाले सरकारी निकाय र सहयोगी संस्थाहरुले सहकार्य गरुन् भन्ने उनले आशा राखेका छन् । राज्यले यस्ता वेवारिसे शवहरुको व्यवस्थापनमा कुनै चासो नदेखाएकाले वेवारिसे शवहरुको संख्या धेरै छ । अहिले स्थानीय निर्वाचन सम्पन्न भएर नयाँ स्थानीय सरकारहरु निर्माण भएका छन्, प्रदेश र केन्द्रमा छुट्टाछुट्टै सरकार छन् । विभिन्न किसिमका सामाजिक कार्यका लागि बजेट विनियोजन भइपनि रहेका छन्, तर वेवारिसे शव संस्कार र व्यवस्थापनमा मात्र उदासिनता देखिनु दुखद् कुरा हो ।

जे जस्तो भएपनि ति वेवारिसेहरु हाम्रौ देशका नागरिक हुन्, समाज र परिवारका महत्वपूर्ण हिस्सा हुन् । नागरिक मृत्यु पश्चात् पनि दाहसंस्कार र सदगतको पूर्ण हक राख्दछन् । यस्तो स्थितिमा समाज र देश बेखबर रहनु हुँदैन । वेवारिसे हुन् तर राज्यले कसैलाई अलपत्र र वेवारिसे अवस्थामा छोड्नु हुँदैन, चाहे नागरिक होस् या उसको लाश । ‘अबका सरकार र सम्बन्धित निकायहरुले वेवारिसे शव व्यवस्थापनमा बजेट विनियोजन र यस्ता सामाजिक संस्थाहरुसँग सहकार्य गरेर अघिढ्नु पर्ने उनको धारणा छ । राजनीतिमा युवा पुस्ताको उदय र सक्रिय सहभागीता भइरहेको समयमा वेवारिसे व्यवस्थापनमा पनि नयाँ पुस्ताले ध्यान दिनेआशा विनयले राखेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *