सी आशा फाउण्डेशनमा प्रदर्शनी

प्रदेश ३ समाचार
खवर पाटी (खोज खबरको अभियान)

ललितपुर । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र महिलाहरुको लागि समाजमा सहज र सर जीवनयापनको लागि सहयाोग गर्ने मुख्य उद्देश्यसहित सञ्चलनमा रहेको सी आशा फाउण्डेशनका विद्यार्थीहरुले तयार पारेको विभिन्न किसिमका सामाग्री एवं चित्रकला प्रदर्शन गरिएको छ । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर  ललितपुरको सानेपा स्थित सी आशा फाउण्डेशनमा आयोजित कार्यक्रमा संस्थाका विद्यार्थीहरुले तयार पारेको हस्तकला, उनीका कपडा, सजावटका सामान तथा चित्रकलाका सामाग्रीहरु समावेश गरि प्रदर्शन गरिएको थियो ।

सी आशा फाउण्डेशले अपाङ्गता भएका व्यक्तिहरु तथा पिछडिएका महिलाहरुलाई अन्य नागरिकहरु जसतै समाज अधिकार र अवसरहरुमा सामेल गर्न, सम्मान र मर्यादाका साथ बाँच्न सक्ने सुनिश्चितताका लागि काम गर्ने तथा सुरक्षा र स्वास्थ्यको हेरचाह गर्दै समाजमा उनीहरुको महत्व बढाउन मदत गर्ने कार्यहरुलाई प्राथमिकताका साथ पुरा गर्दै आएको छ ।

 

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *