क्यानडा पठाई दिन्छु भनी रकम ठगी गर्ने सुजन पुरी प्रहरीको नियन्त्रणमा

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । क्यानडा पठाई दिन्छु भनी रकम ठगी गर्ने  झापा गौरादहमा सुजन पुरीलाई पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयका अनुसार  वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार अनुसार पक्राउ  गरेको जनाएको छ ।  कार्यालयले दिएको जानकारी अनुसार  जिल्ला झापा गौरादह  घर भई हाल जिल्ला काठमाण्डौं कागेश्चरी मनोहरा  सानटारी बस्ने  वर्ष २४ को सुजन पुरीले  भुमिराज राईलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाई दिन्छु, त्यसको लागि १५पन्ध्र लाख रुपैयाँ लाग्ने र  क्यानडा पुगेपछि सेक्युरिटी गार्डमा काम लगाइदिन्छु, मासिक २ लाख रुपैयाँ  भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडित बाट पटकपटक गरी १०लाख ८५ हजार  रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज सुजन पुरीलाई खोजतलास गर्ने क्रममा मिति २०८०भाद्र २४ गते कागेश्वर मनोहराको  सानटारीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *