मंगलबार खग्रास चन्द्रग्रहण लाग्दै, ५:११ मिनेटमा शुरु भएर ६: ३४ मा सकिने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौ । मंगलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मंगलबार बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिनेछ । चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले भोलि लाग्ने ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण र ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *