काठमाडौँ- फिफा विश्वकप फुटबल अन्तर्गत आयोजक कतार पुनः पराजित भएको छ । अल थुमामा स्टेडियममा भएको समूह ‘ए’ अन्तर्गतको खेलमा कतारले सेनेगलसँग पराजय भोगेको हो ।
सेनेगलले कतारलाई ३-१ गोल अन्तरले पाखा लगायो । सेनेगललाई जित दिलाउन बोलाय डिया, फामारा डायधियो र बाम्बा डियङले एक-एक गोल गरे । कतारका लागि एकमात्र गोल मोहम्मद मुन्तारीले गरे ।
यसअघि पहिलो खेलमा कतारले इक्वेडरसँग २-० को पराजय भोगेको थियो । त्यसैगरी सेनेगलले पनि नेदरल्यान्ड्सँग २-० ले पराजित भएको थियो ।कतारविरुद्ध डियाले ४१ औँ मिनेटमा गोल गर्दै सेनेगललाई अग्रता दिलाए भने डायधियोले ४८ औँ मिनेटमा अग्रता दोब्बर बनाए । तर कतारका मुन्तारीले ७८ औँ मिनेटमा सेनेगलको अग्रता कम गरेपनि सेनेगलका डियाङले ८४ औँ मिनेटमा टिमको तेस्रो गोल गरे ।
Facebook Comments Box