पाकिस्तानको पेसावरको मस्जिदमा आत्मघाती हमला, १७ को मृत्यु १० को अवस्था गम्भीर

विश्व
खवर पाटी (खोज खबरको अभियान)

पाकिस्तानको पेसावर सहरको मस्जिदमा नमाजको क्रममा विस्फोट भएको छ । पेसावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता डा आजमका अनुसार प्रहरी लाइन मस्जिदमा सोमबार दिउँसो नमाजको समयमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

मृत्यु हुनेमा प्रहरी पनि रहेको उनले बताए । प्रवक्ताका अनुसार यस विस्फोटमा करिब ७० जना घाइते भएका छन् जसमध्ये १० जनाको अवस्था गम्भीर छ । डा. आजमका अनुसार लेडी रिडिङ अस्पतालको अवस्थालाई ध्यानमा राखेर आपत्काल लागू गरिएको छ । पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताएका छन् । पेसावर विस्फोटबारे पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पिटिआई अध्यक्ष इमरान खानले भने, ‘पेसावर पुलिस लाइन्सको मस्जिदमा भएको विस्फोटको कडा निन्दा गर्दछ । पीडितका परिवारप्रति समवेदना ।’
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *