कांग्रेस पानीबाहिरको माछा जस्तो छटपटाइरहेको छ : ओली

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पानीबाहिरको माछा जस्तो छटपटाइरहेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले सत्ताबाहिर रहनुपर्दा कांग्रेसलाई सकस भइरहेको बताएका हुन् ।

कांग्रेसले पछिल्लो समय संसदमा देखाएका व्यवहार र निर्णयहरू लोकतन्त्र र संविधानका लागि घातक भएको उनले जिकिर गरेका छन् । ‘नेपाली कांग्रेसबाट संसदमा प्रदर्शित व्यवहार र निर्णयहरू लोकतन्त्र र संविधानका लागि बुझिनसक्नुका छन्,’ उनले भने, ‘कांग्रेसका केही साथीहरूलाई आफ्नो परिचय प्रतिपक्षी मान्न सकस भएको छ । मन मानिरहेको छैन, तर प्रतिपक्षमा बस्नुपर्ने बाध्यता बनेको छ ।’

उनले अगाडि भने, ‘यतिबेला नेपाली कांग्रेस पनिबाहिरको माछा जस्तो छटपटाइरहेको छ । नेपाली कांग्रेस सत्ताबाहिर आफ्नो अस्थित्व आफैँ विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ताबाहिर रहेर सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेससँग राम्रो छ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *