बिकास र बहसमा नायक केसी

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौ । भौतिक पूर्वाधार विकाससंग सम्बन्धित एक मात्र टेलिभिजन कार्यक्रम ‘बिकास र बहस’ देशमा मात्र होइन बिदेशको विभिन्न मुलुकहरुमा समेत छायांकन हुँदैआएको छ । बिशेष गरि नेपालको भौतिक पुर्वाधार बिकास निर्माणमा र विकसित मुलुकको भौतिक पुर्वाधार बिकास निर्माणमा पाइने भिन्नता, त्यहाँको बिकास शैली, निति नियम तथा अन्य बिषयहरुमा केन्द्रित रहि नेपाली जनता र सरोकारवाला समक्ष कार्यक्रम निर्माण एवं प्रशारण गर्दै आएको छ ।

त्यतिमात्र नभई रोजगारीको सिलसिलामा होस या अध्ययनको वा अरु बिशेष कामको सिलसिलामा बिभिन्न विकसित देशहरुमा पुगेका नेपाली नागरिकहरुको अवस्था, भोग्नुपरेको पिडा त्यहाँ आफ्नो जीवन कसरी गुजारा गरिरहेका छन् अनि भावी योजना र स्वदेश प्रतिको धारणा आदि विषयलाई समेत समेटेर निर्माण गर्दै नेपाल टेलिभिनजबाट प्रसारण हुदै आइरहेको कार्यक्रम बिकास र बहसका निर्माता तथा निर्देशक शेखर खनाल र कार्यक्रम संयोजक तथा प्रस्तोता नायक दिनेश केसी को टीम पुनः कार्यक्रमको छायांकनको लागि क्यानडा, अमेरिका र अष्ट्रेलियाको भ्रमणमा जाने भएको छ । यो भन्दा पहिले युरोपको बिभिन्न देशमा पुगेर कार्यक्रम बनाई सकेका छन् ।

देशलाई चिनाउने भनेको नै कल्चर पनि एक हो त्यही सन्दर्भमा त्यहाँको कल्चर, भौतिक, आर्थिक, सामाजिक एवं रहनसहनका कुराहरुलाई पनि बिकास र बहस कार्यक्रममा समेट्दै गैरहेको खनालले बताए । आफ्नो कार्यक्रमलाई देश देखी बिदेश सम्म अझ सशक्त ढंगले प्रस्तुत गर्न बहु चर्चित युवा नायक दिनेश के.सी. लाई अनुबन्धित गरि कार्यक्रमको प्रस्तोताको रूपमा उभाएको समेत खनालले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *