काठमाडौं ४ फागुन । ड्रिम हार्ई नेपालले यही फागुन ७ गते प्रजातन्त्र दिवसका दिन होटेल याक एण्ड यतिमा आयोजना गर्ने दोश्रो एलआईसी नेपाल मिडिया अवार्ड २०७९ को तयारी पुरा गरेको छ । कूल ११ विधामा नगद राशि सहित प्रदान गरिने अवार्डमा १० विधामा उत्कृष्ट ३ को टप थ्री मनोनयन गरिएको कुरा अवार्डको आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिएका छन् । “नेपालको मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम गर्न लागेका हौँ”, जिसीले भने । दोश्रो एलआइसी नेपाल मिडिया अवार्ड २०७९ मा सञ्चार तथा सामाजिक क्षेत्रमा आफ्नो जीवन अर्पेका व्यक्तित्व, वरिष्ठ संचारकर्मी कृष्ण ताम्राकारलार्इ लाइफटाइम एचिभमेन्ट अवार्ड ९दीर्घ साधना सम्मान० र बरिष्ठ पत्रकार भुषण दाहाललाइ दशकको उत्कृष् पत्रकारिता सम्मानबाट सम्मान गरिने जिसीले जानकारी दिए । उनका अनुसार दोश्रो पटक आयोजना हुन लागेको मिडिया अवार्डमा सामाजिक विधालाई समेट्दै उधमी तथा समाजसेवी लगायतलाइ पनि सम्मान गरिने कुरा उनले भने ।
टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन गरिएको आयोजक संस्थाले जनाएको छ । मनोनयनमा परेका विधा र उत्कृष्ट ३ को नामावली जुरी समूहको बरियातामा रहने गरि सोहि कार्यक्रम कै दिन सार्वजनिक गरिने कुरा आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि भने उपप्रधान तथा अर्थ मन्त्रि माननीय बिष्णु प्रसाद पौडेललाइ निमन्त्रना गरिएको कुरा जनाए । साझ ४ बजे देखि कार्यक्रम सुरु हुने र कार्यक्रममा नेपाली साँस्कृतिक झल्किने खालका प्रस्तुति तथा विभिन्न कलाकार मार्फत प्रस्तुति समेत रहेको कुरा कमल जिसीले बताए । कमल जि सी पछिल्लो समयका सफल कार्यक्रम आयोजक हुन् भने यो भन्दा पहिला उनले ५ बर्ष रोकियाको नेफ़्टा फिल्म अवार्ड्स सफलता पुर्बक सम्पन्न गरिसकेको छन् भने हाल उनको योजना आर्थिक समृध्दिका लागि पर्यटन यात्रा नामक कार्यक्रम लिएर संसार भर गर्दैछन ।