मुलुकको अवस्था सबैलाई थाहै छ । दलहरुले भनेको राष्ट्रिय सहमति कस्तो हो ? राष्ट्रिय सहमति हुने हो भने राजतन्त्रवादीसँग पनि हुनुपर्दछ । राजावेगर देशमा राष्ट्रिय सहमति हुँदैन । विगतलाई हेर्दा वर्तमान अवस्था कहाली लाग्दो छ । २०४५ सालसम्म नेपालमा धान, चामल, निकासी कम्पनी थियो । अहिले आयात गर्ने कम्पनी भयो । देश दिनानुदिन ओरालो लाग्दो अवस्थामा छ । जनताले गरि खाने ठाउँ छैन । २०४५ साल अघि काठमाण्डौंको टोल–टोलमा गलैचा कारखाना थिए । ती उद्योगहरुमा सबै नेपाली काम गर्न पाएका थिए । यति बेला रोजगारी नपाएर लाखौं लाख जना विदेशिनु परिरहेको छ । यो अवस्थामा नेपालीले नेपालमै रोजगारी पाउने अवस्था निर्माण गर्नु पर्दछ । देश सबैको साझा हो, यहाँ सबै पक्ष अटाउनु पर्छ । सबै नेपाली हाँसेर बस्न पाउने अवस्था सृजित गर्नुपर्छ । तर राजनीतिका नाममा हामी छलछाममा मात्र लाग्ने हो भने, यो देश कसरी बन्छ । त्यसैले देश बनाउन सबै जनता मिल्नु जरुरी छ । निर्वाचन भनेको राजनीति भन्दा पैसाको विषय भएको छ, राजनीति सबै पैसामा गयो, पैसामा जाने राजनीतिमा के कुरा गर्नु ।
हुन त नेपालमा ८२ प्रतिशत हिन्दु छन्, तर भोट हाल्न जाने बेलामा धर्मनिरपेक्षतामा भोट जान्छ । त्यसले जनतानै भनाइ गराईमा फरक छ । मन्दिरमा ढोक्छन्, तर त्यहि मन्दिर भित्रका देवतालाई चिन्दैनन्, देवता त सबैको लागि हो । त्यसैले हामीले हिन्दु धर्मसँगै राजसंस्था पूनस्थापित गर्नु पर्छ । राजाविनाको देश विकास संभव छैन । धर्म विनाको के राज्य ? त्यसले धर्म र राजसंस्था अपरिहार्य बनेको हो । यसै मेसोमा भन्नुपर्दा काँग्रेस एमालेको गतिविधि आ–आफ्नो स्वार्थमा छ, देश र जनताको हितमा हुनुपर्छ । उनीहरु पनि जनताकै आदेश अनुसार चल्नु पर्छ ।
राप्रपाले सडक र सदनबाट हाम्रो आवाज उठाउँदेछौं, ढिला चाडो हाम्रो एजेण्डा स्थापित हुनेछ । तर हामीले हाम्रो अभियान कायम राख्नुपर्छ । यस्तै मुखले भ्रष्टाचार गर्दिन भन्छन् तर उनीहरुले भ्रष्टाचार गरिरहेका छन् भ्रष्टाचार नियन्त्रणबाट मात्र देश विकास बन्छ । जनतालाई समृद्ध बनाउने हो भने पहिले भ्रष्टाचार नियन्त्रण गर्नै पर्छ । यसै गरी राप्रपा सरकारमा छ, यो गठबन्धन कति दिन कायम रहला र यो गठबन्धनमा किन भएको भन्दा राप्रपाको एजेण्डा स्थापित गर्न गएको हो । एजेण्डा पुरा नभए राप्रपा सरकारबाट बाहिर जानेछ । त्यसैले अन्तमा देशवासीलाई सन्देश दिनु पर्दा देशमा महँगी भ्रष्टाचारले सबै जनता दुःखी छन् । अहिले पीडित, बुद्धिजीवी, विद्यार्थी, नागरिक, अगुवाहरु पनि सडकमा आउनुपर्छ ।
(लेखक गोकर्णराज सिटौला सिटौला, राप्रपाको केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।)