उर्वशी’ सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । चलचित्र निर्देशक तथा छायांकार राजु केसीको निर्देशनमा ‘उर्वशी’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । निकै नै उत्कृष्ट प्रेम कथासंगै एउटा सन्देश बोकेको भिडियोमा नम्रता सापकोटा र सवित बज्राचार्यको अभिनय देख्न सकिन्छ । प्रमोद खरेलको स्वर रहेको ‘उर्वशी’ को भिडियोले ‘माया भनेको सवल मान्छेको मात्र हुदैन ‘भन्ने सन्देश दिएको छ । सवित बज्राचार्यको शव्द रचना, शंकर थापाको संगीत रहेको उक्त गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् । स्किमा टेक्नोलोजीको पोष्ट प्रडक्सनमा तयार पारिएको उक्त भिडियोमा रामशरण उप्रेतीको छायांकन तथा गौतम राज खड्काले सम्पादन रहेका छन्। भिडियोलाई ‘ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *