प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण पुष्टि

खवर पाटी (खोज खबरको अभियान)

बुटवल । प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले शनिबार राति आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएकी हुन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ घर भएकी सांसद केसीले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् । ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन् ।

भेरी अस्पताल नेपालगन्जमा शनिबार गरिएको पीसीआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । शनिबार बाँकेका ७ जना महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए ।

Facebook Comments Box