काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेका हुन् । उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका छन् । नेपालको संविधानमा राष्ट्रपतिले कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।
पौडेल गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार रातिदेखि सकिएको थियो । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् ।
Facebook Comments Box