काठमाडौ २९ फागुन । ‘नेपाली हुनमा गर्व गरौं, भाषा र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ विगत ६ वर्ष देखि आयोजना हुदै आएको राष्ट्रिय समावेशी म्युजिक अवार्ड ‘निम’ अवार्ड २०२३ को आईतवार ललितपुरको स्क्वायर होटेलमा सम्पन्न भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको प्रमुख आतिथ्यता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री शुशीला श्रीपाली ठकुरीको विशिष्ठ आतिथ्यता तथा नेपाली कला संस्कृति तथा विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरुको सहभागितामा सम्पन्न उक्त नायक दिनेश केसी कला सम्मान २०७९ बाट सम्मानित भएका छन् । २०६७ सालदेखि रंगीन दुनियाँमा प्रवेश गरेका नायक दिनेश केसी पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त रहदै आइरहेका छन् । ०६७ सालमा प्रदर्शनमा आएको चलचित्र ‘दानव’बाट अभिनयमा डेब्यु गरेका केसीले झमेला, लाले, वादशाह, खतरनाक, निसाना, सिसा लगायतका चलचित्रमा काम गरिसकेका छन् । कार्यक्रममा बरिष्ठ गायक एवं संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गरियो भने यस वर्षको रंग पत्रकारिता पुरस्कार रंग पत्रकार विदुर गिरीलाई प्रदान गरिएको छ । अवार्ड कार्यक्रममा ४२ विधामा अवार्ड प्रदान गरिएको कुरा संस्थाका अध्यक्ष माधव राज खरेलले बताए ।
Facebook Comments Box