काठमाडौमा कोरियन ड्रीम को चर्चा

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौमा एक कार्यक्रमको आयोजना गरि कोरियन ड्रीम पुस्तकको बारेमा बिबेचना गरिएको छ। प्राज्ञ , लेखक,पत्रकार,बुद्धिजीवी र विभिन्न राजनीतिक दल सम्बद्ध ब्यक्तित्वहरुका बीचमा सो बिबेचनाको आयोजना गरिएको थियो । बिबेचनाको प्रारम्भ गर्दै प्रा.डा. रामचन्द्र पोखरेल ले ूदक्षिण कोरियाली मूलका अमेरिकी डा।ह्योन जिन प्रेस्टन मुन ले लेख्नुभएको पुस्तक ‘कोरियन ड्रीम’ ले समकालीन पूर्वी एशियाली क्षेत्र र संपूर्ण बिश्व मै शान्ति स्थापनाको मार्गचित्र प्रस्तुत गरेको बताउनुभयो । कोरियन ड्रीम पुस्तकमा लेखक डा .मुन एक सच्चा बिश्व शान्ति दूतको रूपमा देखिनुहुन्छ। प्रा.डा. पोखरेलले भन्नुभयो । उहाँका अनुसार ,ुकोरियन ड्रीमु आम सर्वसाधारण सबैले पढ्नु पर्ने पुस्तक हो। यसको अध्ययनले बिश्व राजनीतिलाई फरक ढंगले हेर्न र कोरियाली प्रायद्वीप का विविध बिषयलाई बहुआयामिक रुपले बुझ्न धेरै ठूलो सघाउ पुग्छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा आयोजक संस्था फेमिली पिस असोसियसनका अन्तरराष्टिय उपाध्यक्ष क्युङ हो किम ले कोरियन ड्रीम पुस्तकका लेखक डाक्टर ह्योन जुन मुनको संघर्षशील र अनुकरणीय ब्यक्तित्वको चर्चा गर्नुभएको थियोे । अर्का वक्ता ध्रुब लामिछानेले कोरियन ड्रीम पुस्तकको मूल मर्म बसुधैव कुटुम्बकम रहे्को बताउनुभयो । सहभागीहरुले उक्त कार्यक्रमको बारेमा सकारात्मक प्रतिक्रिया दिनुभयो। हामी संग आफ्नो प्रतिक्रिया ब्यक्त गर्दै प्राध्यापक डाक्टर श्री राम उपाध्यायले कोरियाली प्रायद्वीपको आफ्नै बेग्लै र एकीकृत पहिचानलाई बिश्व शान्तिको निम्ति एक रोल मोडल मान्न सकिन्छ। त्यसको लागि डाक्टर मूनको पुस्तक कोरियन ड्रीम बहुकोणिय ब्याख्या गरेको बताउनुभयो । अर्का सहभागी उर्जा बिद अनिरुद्ध साह ले कोरियन ड्रीम जस्तो महत्त्वपूर्ण पुस्तकको बारेमा गरिने सकारात्मक बिबेचनाले नेपाली र कोरियाली जनमानस बीचमा बलियो सम्बन्ध स्थापित गर्न थप बल पुग्ने दावी गर्नुभयो । नन्दी मा बि,नक्साल का प्र अ गीता काफ्लेले आफूले केही अघि दक्षिण कोरियाको भ्रमण गर्दा त्यहाँको समग्र बिकासबाट प्रभावित भएको उल्लेख गर्दै पुस्तक ले बिश्व शान्तिका लागि कोरियाली पक्षबाट असाध्यै महत्त्वपूर्ण बिषयबस्तुहरु समेटेको बताउनुभयो । बिश्लेषक डाक्टर बिजय प्रसाद मिश्रले भन्नुभयो  अवको शताब्दीलाई एशियाली राष्ट्रहरुको नेतृत्वमा अघि बढाउन को लागि कोरियन ड्रीमले उठाएका सन्दर्भहरु अत्यन्तै सामयिक र बिचारणीय छन् ।
बैचारिक मन्थनको उक्त कार्यक्रमको संचालन एफ पि ए, नेपाल का अध्यक्ष डाक्टर किशोर कुमार राजभण्डारीले गर्नुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *