काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । मंगलवार अपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको टीका सर्वसाधारणलाई लगाइदिएका हुन् ।
पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरुको लागेको थियो । त्यस अवसरमा उनको हातबाट टीका ग्रहण गर्ने सर्वसाधारणको भीड लागेको थियो । टीका लगाउन राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलगायत नेताहरू पूर्वराजाकहाँ पुगेका थिए ।
पूर्वराजा शाहले हरेक वर्ष विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् । दुर्गापक्षको मुख्य दिन मंगलबार मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैं घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।
पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ ।