यू-१९ प्रिमियर कपः यूएईविरुद्ध फाइनल खेल्दै नेपाल

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ । नेपाल र यूएईबीचको फाइनल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार विहान ७:१५ बजेबाट सुरु हुनेछ । सेमिफाइनलमा जापानलाई डीएल मेथडअनुसार १ सय ४३ रनले पराजित गर्दै नेपालले प्रतियोगिताको फाइनलमा स्थान बनाउनुका साथै एसीसी यू-१९ एसिया कपमा समेत स्थान सुरक्षित गरेको थियो । यूएईले भने सेमिफाइनलमा सिंगापुरलाई डीएल मेथडअनुसार नै १० विकेटले हराएको थियो । उसले पनि एसिया कपमा स्थान सुरक्षित गरिसकेको छ ।

 

AUTHOR
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *