टाटा मुम्बई म्याराथनमा सहभागी हुने धर्म महर्जनलाई विदाइ

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । भारतको मुम्बइमा आगामि जनवरी २१ मा हुने टाटा मुम्बई म्याराथनमा सहभागी हुने एथलेटिक्स खेलाडि धर्म महर्जन र उमेश मानन्धरलाई एक कार्यक्रमका बीच विदाई गरिएको छ । आइतबार दशरथ रंगशालामा बैकुण्ठ मानन्धर खेलकुद नेपालले विदाई गरेको हो । दुवै प्रतियोगिलाई बैकुण्ठ मानन्धर, एथलेटिक्स परिवार नेपालका बरिष्ठ उपाध्यक्ष दिपक रञ्जित, प्रशिक्षक धनिराभम चौधरीलगायतले सफलताको लागि शुभकामना दिंदै विदाई गरेका थिए । महर्जन विश्वका चार उत्कृष्ठ म्याराथन, बोस्टन, बर्लिन, लण्डन, टोकियोमा सहभागी भई उत्कृष्ट समय निकाल्दै विश्वकै सय भेट्रान धावकमा पर्न सफल खेलाडि हुन् भने मानन्धर देहरादुन हाफ म्याराथुन ,जापान ओपन १० कि मि रेस तथा विभिन्न समयमा भएको म्याराथुनहरुमा सहभागीता जनाइसकेका धावक हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *