नक्कली भुटानी शरणार्थी प्रकरणका १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका १६ अभियुक्तलाई मुद्दाको किनारा नलागेसम्म पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । अभियुक्तमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न र बाँकीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो ।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले शुक्रबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँण तथा बहालवाला सचिव (निलम्बित)सहित १६ अभियुक्तलाई थुनामै राखेर मुद्दा किनारा लगाउने गरी आदेश दिएको हो । यो आदेशसँगै पक्राउ परेका १६ अभियुक्तहरू अब न्यायिक हिरासतबाट कारागार चलान हुने छन् । यो मुद्दामा १२ जना भने अझै फरार छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *