आज अन्तिम नामावली प्रकाशन, भोलि उम्मेदवारी दर्ता हुने

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं – राष्ट्रपति निर्वाचनअन्तर्गत आज मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदाता नामावलीमा समावेश नाममा दाबी विरोध, उजुरी र छानबिनपछि आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो । प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले आज मध्याह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

 

भोलि उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपति निर्वाचन फागुन २५ हुँदैछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ मतदाता छन् । राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकाल आउँदो २८ फागुनमा सकिँदैछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *