संसद्‌मा प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिने वातावरण बनाउन एमालेलाई राष्ट्रिय सभा अध्यक्षको आग्रह

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ । गत बुधबार बिहीबार र शुक्रबार तीनदिनकै राष्ट्रिय सभा बैठक एमालेले अवरुद्ध गरेको छ ।

गत १८ असारमा भएको सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक दिल्ली धाएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई एमालेले राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे पनि एमाले सांसदहरु उठेर विरोध जनाइरहेपछि बैठक स्थगित गर्नुपरेको छ ।

बिहीबार र शुक्रबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिने वातावरण बनाउन एमालेलाई आग्रह गरेका छन् ।

शुक्रबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरे । यसपछि अध्यक्ष तिमिल्सनाले एमाले सांसद विमला घिमिरेलाई बोल्न समय दिए । एमाले सांसद घिमिरेले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म संसद चल्न नसक्ने जानकारी गराइन् ।

यसपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले एमालेले गरेको प्रश्नको प्रधानमन्त्रीले दिने वातावरण बनाउन आग्रह गरे । तर, एमाले सांसदहरुले मानेनन् । उनीहरुले उठेर बैठक अवरुद्ध गरिरहे । यसपछि अध्यक्ष तिमिल्सिनाले आइतबार बिहान ११बजेर ३१ मिनेटमा बस्नेगरी बैठक स्थगित गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *