काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको घोषणा भएसँगै उम्मेदवारहरुको चार्चा परिचर्चा हुन थालेको छ । यसै क्रममा काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ६ निवासी राप्रपाका युवा नेता कुमार घिमिरेको काठमाडौं क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने चर्चा भइरहेको छ । राप्रपाका जुझारु युवाका रुपमा लिइने घिमिरे गत स्थानीय निर्वाचनमा गोकर्णेश्वर नगरपालिको मेयर पदमा प्रत्यासि रहनु भएको थियो । विभिन्न सभा सम्मेलन, ¥यालीको नेतृत्वको गरेर राप्रपालाई बलियो बनाउन घिमिरेले योगदान गर्दै आउनुभएको छ । घिमिरेलाई यस क्षेत्रमा राप्रपाको प्रभावशाली युवा नेताको रुपमा लिइन्छ ।
Facebook Comments Box